×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जाडोमा घर पाए भरतपुर २७ र २८ का मुसहरहरुले


  •   बुधबार, मङि्सर २२, २०७८
  • चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७÷७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

    Advertisement


    कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा मेयर दाहाललाई धन्यावाद दिए ।

    नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।

    सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् ।‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’

    टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए ।

    कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो। राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको रहेको थिए

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.