चितवन । सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यमा सहमति जनाएको नेपालमा आइतबार देखि बाघ गन्न सुरु गरिएको छ ।
प्रत्येक चार देखि पाँच वर्षमा हुने सर्वेक्षणको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहाको एक कार्यक्रमकावीच राष्ट्रिय बाघ सर्वेक्षण २०७८ को सुरु गरेका थिए । बाघ गणनाका लागि प्रयोग गरिने क्यामेरा ट्रयापको स्वीच अन गरेर उनले अभियान सुरु गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले बाघ संरक्षणमा देखाएको चासो र कार्यक्रमले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुग्ने बताए । विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ । संख्या बढेसँगै मानव वन्यजन्तुवीचको द्वन्द्व कम गर्न सरकारले कार्यक्रम र बजेट विनियोजन गर्दै आइरहेको बताए ।
सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नेपालले बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यमा सहमति जनाएको थियो । सो अनुसार नेपालले आफ्नो लक्ष्य भन्दा बढी बाघको संख्या पुगेको अनुमान गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अहिलेको सर्वेक्षणले २५० वटा बाघ पुग्ने अनुमान रहेको बताए । सन् २०१८ मा भएको सर्वेक्षण अनुसार नेपालमा बाघ संख्या २३५ रहेको छ ।
परिस्थिकीय प्रणालीको उच्चतम स्थानमा रहेको वन्यजन्तु बाघ गन्न नेपालमा सन् १०९० को दशकदेखि सुरु भएको थियो । सन् २००९ देखि राष्ट्रिय रुपमै गन्न थालिायो । सन् १९९५÷०९६ मा ९३ देखि ९७ वटा बाघ भेटिएको थियो ।सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । जसमध्य चितवन पर्सा कम्प्लेक्समा मात्रै १११ वटा बाघ रहेका थिए ।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके र शुक्लाफाँटामा बाघ पाइन्छ । यस क्षेत्रमा बाहेक बाघको विचरण रहेका राष्ट्रिय वन क्षेत्र, जैविक मार्ग तथा वरपरको वन क्षेत्रलाई केन्द्रमा राखेर बाघ गणना हुनेछ । विशेषजोड चितवन पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा लालझाडी गरी तीन वटा कम्प्लेक्समा विभाजन गरिएको छ।
ती क्षेत्रमा ८ वटा व्कल बनाएर ती ब्लकलाई २ किलोमिटर लम्बाई तथा २ किलोमिटर चौडाई भएका ग्रीडहरुमा विभाजन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका का महानिर्देशक डा रामचन्द्र कडेँलले जानकारी दिए । बाघ सर्वेक्षण गर्दा चितवन पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा, बाँके बर्दिया कम्प्लेक्सलाई चारवटा ब्लकमा र शुक्लाफाँटा लालझाडी कम्प्लेक्सलाई एक वटा ब्लकमा विभाजन गरिएको छ ।
ब्लकहरुलाई २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाई भएका ग्रीडहरुमा विभाजन गरिएको छ । ती क्षेत्रमा क्रमश ८९५,८१४ र २६० वटा ग्रीडहरु रहेका छन् । प्रत्येक ग्रिडहरुमा बाघले प्रयोग गर्ने क्षेत्रहरु हेरी स्वचालित क्यामेराहरु जडान गरिनेछ । त्यसरी क्यामेराले खिचेको तस्विर सफ्टवेयरमा राखेपछि अन्तिम नजिता आउने छ ।

तीन महिनाको स्थलगत अध्ययन तथा थप एक महिनाको विश्लेषपछि ताजा नजिता सार्वजनिक गरिने बताइएको छ । नेपाल सरकारको बजेट सहित डब्लुडब्ुल एफ,जेएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतको सहयोग सहित करिव ३ करोड ७० लाख खर्च लाग्ने बताइएको छ । ठाउँ ठाउँमा क्याम्प खडा गरेर गणकहरु बस्नेछन् ।
उनीहरुले नै क्यामेराको रेखदेख गर्नेछन् । क्यामेरा ट्रायाप,सन्टो कम्पास,रेञ्ज फाइन्डर,जिपिएस, रेकर्ड फर्म लगायतका सामाग्रीको प्रयोग गरी टाइगर एण्ड प्रे वेस मनिटरिङ प्रटोकल ले निर्दिष्ट गरे बमोजिम क्यामेरा ट्रयापिङ र अकुपेन्सी सर्भे बिधिबाट बाघ सर्वेक्षण गरिनेछ ।
आज भएको उद्घाटन समय गणकका नेतृत्व गरेका कर्मचारीले नमुना अभ्यास समेत प्रस्तुत गरेका थिए ।



