चितवन । वागमती प्रदेशमा मन्त्रालय टुक्राएर १४ पुर्याइएको छ । ८ मन्त्रालयबाट बढाएर १४ पुर्याइएको हो ।
गठवन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले यस अघिनै मन्त्रालय टुक्राउने बताएका थिए । जसलाई प्रमुख विपक्षि वनेको एमालेले विरोध जनाएको थियो । विश्वासको मत लिन हतार गरेको र मन्त्रालय टुक्राउने तयारी किन भयो भन्द्र प्रश्न गरिएको थियो ।
मन्त्रालय विभाजनसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । राजपत्रको सूचना अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनेका छन् ।
बागमती प्रदेश सरकारको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका हुन् । सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र साझेदार छन् । काँग्रेसले आधा आधा नेतृत्व गर्ने सहमति भएको यस अघि बताएको थियो । तर अव मन्त्रालय फुटाएर भाग पुर्याएपछि भने गठवन्धनवमा विवाद कम हुने अपेक्षा गरिएको छ ।



