×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जिल्ला निर्वाचन अधिकृतकै राजीनामा, चितवन काँग्रेसको जिल्ला अधिवेशन अनिश्चित


  •   बुधबार, मङि्सर १५, २०७८
  • चितवन,मंसिर १५ । चितवनमा काँग्रेसको अधिवेशन गराउन जिम्मेवारी लिइ आएका कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै चितवनमा जिल्ला अधिवेशन अनिश्चित बनेको भन्दै सभापतिका उम्मेदवार सहित प्रतिनिधिहरुले विज्ञप्ती जारी गरेर सुनिश्चित गर्न माग गरेका छन् ।
    सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछाने लगायत महाधिवेशन प्रतिनिधिहरुको समेत हस्ताक्षर गरी चाँडै जिल्ला अधिवेशन गर्न माग गरिएको हो । सभापति पदका उम्मेदवार कैलाश कोइराला सहित १४ जनाले संयुक्त हस्ताक्षर गरी जिल्ला अधिवेशन सुनिश्चत गर्न माग गरिएको हो ।
    काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवनमा वडा, पालिका, प्रदेश तथा क्षेत्रीय अधिवेशनहरु सम्पन्न भइसकेका छन् । मंसिर १० र ११ गते जिल्ला अधिवेशन गर्ने गराउने भनिएपनि नेकपा एमालेको १०औँ महाधिवेशनका कारण सारिएको थियो । तर सारिएको मितिमा समेत अधिवेशन हुने निश्चित नदेखेपछि उनीहरुले आज प्रेस विज्ञप्ति मार्फत जिल्ला अधिवेशनको माग गरेका हुन् ।
    मंसिर १२ गते जिल्ला कार्यसमितिको बैठक बसेर सभापति जितनारायण श्रेष्ठले मंसिर १४ गते मनोनयन र १८ गते मतदानको प्रस्ताव गर्दा समेत प्रदेश अधिवेशन अगावै जिल्ला अधिवेशन गर्नुपर्ने आफूहरुको प्रष्ट दृष्टिकोण रहेको जनाइएको छ ।
    त्यसपछि पुन जिल्ला कार्यसमिति र आकाक्षिहरुवीच बैठक बसेर मंसिर १५ गते मनोनयन र २१ गते मतदान गर्ने मिति सिफारिस भएको थियो । पटक पटक मिति सार्ने र स्थगित हुने भएपछि अहिले मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले समेत राजीनामा दिएका छन् । उनले आफू अस्वस्थ्य भएका कारण अवका अधिवेशन गराउन नसक्ने राजीनामा पत्रमा उल्लेख गरेपनि भित्रि कारण भने पटक पटकको मिति घोषणा र स्थगितनै रहेको उनीहरु बताउँछन् ।
    मुख्य निर्वाचन अधिकृतले समेत राजीनामा दिएपछि जिल्ला अधिवेशन अनिश्चित बनेको भन्दै पार्टी अधिवेशन नगर्ने र तदर्थवादमा संचालन गर्न खोजिएको भन्दै विरोध जनाइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.