×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एकता महाधिवेशनले राप्रपामा एक मात्र पार्टी अध्यक्ष चुन्नेः राप्रपा अध्यक्ष थापा


  •   शुक्रबार, मङि्सर १०, २०७८
  • मंसिर १०, चितवन ।
    एकता महाधिवेशनले एउटा मात्र पार्टी अध्यक्ष चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताउनुभएको छ । एमालको १० औं महाधिवेशनमा सहभागी हुन चितवन आउनु भएका अध्यक्ष थापाले भरतपुर विमान स्थलमा पत्रकाहरुसंग बोल्दै यस्तो बताउनुभएको हो ।

    Advertisement

    उहाँले भन्नुभयो, ‘यही मंसिर १५ गते देखि १७ गतेसम्म काठमाण्डौंमा हुन गइरहेको राप्रपा महाधिवेशनको विधान प्रस्ताव अनुसार अब एउटा मात्र अध्यक्ष हुने व्यवस्था भएको छ । महाअधिवेशनले एक पार्टी अध्यक्ष लगायत केही पदाधिकारीको निर्वाचन गर्ने छ । अब तीन वटा अध्यक्ष राप्रपामा हुनेछैन् ।’ दुई राप्रपा मिलेर बनेको राप्रपामा अहिले ३ पार्टी अध्यक्ष रहनुभएको छ।
    अध्यक्ष थापाले राप्रपा स्थापनाकाल देखि संबैधानीक राजसंस्था, हिन्दु राष्ट्र, संसदीय प्रजातन्त्र, मानवअधिकार प्रती प्रतिवद्ध राजनैतिक दल भएको बताउनुभयो। महाघिवेशन पछि यी एजेन्डालाई अझ बढी शसक्त ढङ्गले अगाडी बढाउने जिकिर गर्नुभयो ।
    साथै उहाँले नेकपा एमालेको १० औें महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ । व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रती आफ्नो सद्भाव भएपनि अबको महाधिवेशनबाट नेतृत्वमा जो आएपनि आफ्नो सुवेक्षा रहेने बताउनुभयो ।
    यस्तै, न्यायलयमा देखिएको विवाद विषयमा पत्रकारहरुको जिज्ञासा मेट्दै आफुले न्यायलयको विवादलाई एकांगि रुपमा हेर्न नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्यायलयमात्र नभई कार्यपालिका सर्वोच्च अदालतको प्रमादेशबाट गठन भएको सरकार छ । व्यवसथापिकाको कुरा गर्नेहो भने सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पून स्थापित भएपछि एक दिन पनि संसद चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलको अवरोध र सरकारको अकर्मणयताको कारणले संसद गतिहिन अवस्थामा छ ।

    प्रधानन्याधिशले नैतिकताको आधारमा पदमा बस्ने हैसियत गुमाइ सक्नुभएको छ । तर प्रधानन्यायधिशलाई पदबाट हटाउन संबैधानिक बाटोबाट जानुको सट्टा स्वयम न्यायाधिशहरु हड्ताल गर्ने सर्वसाधारण जनतालाई न्यायपाउने अवस्था बाट बन्चित गनर्,े अधिवक्ताहरु बहस गर्नुको सट्टा बहिस्कार गरेर आन्दोलनमा जाने स्थिति सिर्जना भएको छ । जस कारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संकट ग्रस्त छ ।

    यस संकटले मुलुकमा रहेको संविधान र व्यवस्थाको औचित्य माथि पनि प्रश्न चिन्ह् खडा गरेको छ ।’ यस विवादलाई एक संस्थामा देखिएको समस्याको रुपमा मात्र नहेर्न अध्यक्ष थापाले आग्रह गनुभयो । समग्र रुपमा संविधान र व्यवस्थाको पक्षमा पनि पूनर्विचार गर्न राप्रपाले आवाहान गरेको उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.