×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेकपा एमाले महाधिवेशन : उद्घाटन सत्रमा सहभागी प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स


  •   बुधबार, मङि्सर ०८, २०७८
  • चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताए ।

    Advertisement

    नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोक सहितबाट निस्किने ¥यालीसँगै एम्बुलेन्स पनि रहने ढकालको भनाइ छ । महाधिवेशनको स्वास्थ्य समितिसँगै एम्बुलेन्स रहने ढकालले बताए । एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने बताइएको छ ।

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भिआईपी र भिभिआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताए । मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले जानकारीदिए । “मञ्चमा हुने विशिष्ट व्यक्तिहरुका लागि लक्षित गर्दै स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको क वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ख वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राख्छौँ” पौडेलले भने, “उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिनेछ ।”

    बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा क वर्गको परिचालन हुने भन्दै पौडेलले थप चार वटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने बताउनुभयो । “महाधिवेशन प्रतिनिधिहरु बिरामी परेको अवस्थामा उनीहरु बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राख्नेछौँ” पौडेलले भने, “सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालन गर्दैछौँ ।”

    बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा कृष्णप्रसाद अधिकारीले बताए । “महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सक सहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुन्छ” अधिकारीले भने, “हामीले उपचार गर्न नसकेको बिरामीलाई भरतपुरको मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति भएको छ ।” बन्दसत्र हल नजिकै स्वास्थ्य समितिले चिकित्सक सहितको टोली राख्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.