×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

११५१ मा ६७० मत ल्याएर क्षेत्रीय सभापतिमा अमृत भट्टचन निर्वाचित


  •   बुधबार, मङि्सर ०८, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रनम्वर १ मा अमृत भट्टचन निर्वाचित भएका छन् । उनले खसेको ११५१ मतमा ६७० मत ल्याएका थिए ।

    Advertisement

    नेपाली काँग्रेस १४ आँै महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को हिजो देखि सुरु भएको मतगणना आज सकिएसँगै नतिजा सार्वजनिक भएको हो । भट्टचनका प्रतिद्वन्द्वी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्प गरेका छन् ।

    अमृत भट्टचनलाई महेन्द्रध्वज जिशीको समर्थन थियो भने कमलप्रसाद पराजुलीलाई काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाको समर्थन रहेको थियो ।

    सचिवमा भने दुबै प्यानलबाट एक एक जना विजयी भएका छन् । कोइराला पक्षको प्यानलबाट अमृत श्रेष्ठ ५८७ मत र जिशि पक्षको प्यानलबाट शालिकराम सापकोटा ५६४ मत सहित निर्वाचित भए । तर सोही पदका उम्मेदवार शिवलाल सापकोटा र दाताराम घिमिरेले ४८३ र ५०३ मत मात्रै प्राप्त गरे ।

    सहसचिवमा टीकाराम सापकोटा ५८३ र तेजप्रसाद घिमिरे ५८० मत ल्याएर निर्वाचित भएका छन् । सापकोटा जिशि प्यानल र घिमिरे कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए । तर सोही पदका उम्मेदवार प्रदिपकुमार मुग्मीले ४८० र तारानाथ अधिकारीले ४६५ मत मात्रै ल्याए ।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि महिला खुल्लातर्फबाट ओमकला गौतम ६९१, गैँडाकोट नगरपालिका उपप्रमुख समेत रहेकी विष्णुकुमारी कडेँल ५९२ र विष्णुदेवी पाण्डे ५१३ मत सहित विजयी भए । त्यस्तै अन्य खुल्लातर्फ गजेन्द्र आले ६८२, गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका कृष्णचन्द्र नेपाली पोखरेल ६७२, महेन्द्रध्यवज जिसी ६१२, गणेश सापकोटा ६३९, मदनभक्त अधिकारी ५९४,अशोक वस्ताकोटी ५८६, बालकृष्ण घिमिरे ५७३, गोकुल सापकोटा ५४७, भरतराज तिवारी ५४१ र ओमप्रसाद सापकोटा ५०२ मत सहित निर्वाचित भएका छन् ।

    केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला खस आर्यबाट सरस्वती तिमिल्सेना ५५४, शान्ति कोइराला ५४९, केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्य अन्यबाट झपेन्द्रश्वर भुसाल ५४०, भविलाल भट्टराई ५०५, आदिवासी जनजाती महिलाबाट खगिसरा गुरुङ ५५० मत, हुमीसरा आले ५४१ मत, आदिवासी जनजाती अन्यतर्फबाट चेसराम आले ६४३, कर्णेल धनबहादुर राना ५५० मत,, दलित खुल्लातर्फ सन्तोष कोइराला नेपाली ४७१, अल्पसंख्यकतर्फबाट टेक नारायण महतो ५६२ मत सहित निर्वाचित भएका छन् । विनोद चौधरी भने यस अघिनै सर्वसम्मत चयन भएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.