×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सपना भिलेजको समन्वयमा क्युस्यु जापानद्वारा चेपाङ सहित ९७० विद्यार्थीलाई झोला र कपी वितरण


  •   बुधबार, मङि्सर ०१, २०७८
  • चितवन । कोरोना भाइरस राहत कोष क्युस्यु जापानले चितवनको ईच्छाकामना गाउँपालिका वडानम्वर १ का ९७० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।  उक्त वडामा रहेको एक मावि सहित अन्य  सवै विद्यालयमा अध्ययनरत बहुसंख्यक चेपाङ सहित सवै विद्यार्थीलाई जनही दुईवटा कपी सहित एउटा झोला वितरण गरिएको हो ।

    Advertisement

    कमजोर आर्थिक अवस्थाले झोला समेत किन्न नसकेर हातमा किताव कपी बोकेर विद्यालय जान वाध्य रहेको थाहा पाएपछि जापनामा रहेका नेपालीहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन् ।

    सपना भिलेज सोसल ईम्पाक्टको समन्वयमा जापानमा रहेका नेपाली संघसंस्थाको सहयोगमा संकलित करिव चार लाख  रुपैयाँ भन्दा बढीको  सहयोग गरिएको परियोजनाका कार्यक्रम निर्देक सुजन बस्नेतले जानकारी दिनुभयोे। क्युस्यु जापानका अध्यक्ष एवम् एनआरएनए जापानका सचिव धर्म अधिकारी सहितको सक्रियतामा संकलित रकमबाट सो सहयोग गरिएको कार्यक्रमका  प्रमुख अतिथि एवम् क्युस्यु जापानका प्रतिनिधि होमनाथ सापकोटाले जानकारी दिनुभयो । जापानमा रहेका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचत गरि आर्थिक अव्यवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरिएको उहाँको भनाई छ।

    राष्ट्रिय मावि हात्तीवाङ्गका ३२३ जना विद्यार्थीलाई ती सामाग्री वितरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरले  करिव ९० प्रतिशत चेपाङहरु अध्ययन गर्ने एकमात्र मावि विद्यालय रहेको र अहिलेको सहयोगले विद्यार्थीको पढाईमा थप सहज हुने बताउनुभयो ।

    झोला पाएपछि कापि किताव बाटोमै हराउने,पानी र पसीनाले च्यातिने समस्या समाधान भएको भन्दै सहयोगका लागि क्युस्यु र सपना भिलेजलाई धन्यवाद सहित आगामी कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्मवहादुर चेपाङले जाडो सुरु भएसँगै न्यानो कपडाको अभावमा विद्यालय छाड्न चेपाङ वालवालिका वाध्य हुने भन्दै थप सहयोगका कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा वडाअध्यक्ष नन्दलाल गिरि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्म वहादुर चेपाङ,पूर्व अध्यक्ष सन्तवहादुर राना,सदस्य लिलावहादुर पुरी, कृषिविज्ञ सुर्य बोगटी,लायन्स क्लव रत्ननगरका पूर्व अध्यक्ष विकर्ण कुमार  श्रेष्ठ,समाजसेवी लिलाधर कडेल, सपना भिलेजले संचालन गरेको परियोजनाका कार्यक्रम अधिकृत मिनराज सापकोटा, अनिल अर्याल, लगायतको उपस्थिति रहेको थियो ।

    वडाभित्र रहेका अन्य विद्यालयका विद्यार्थीलाई पनि आजै ती सामाग्री हस्तान्तरण गरिने बस्नेतले जानकारी दिनुभयो । जापानबाट सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै झोलाको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.