सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
Advertisement
सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा दुर्घटना भएको हो । २६ जना घाईते भएका छन् ।
सल्यान प्रहरीका अनुसार सल्यानको कपुरकोट गाउपालिका–५ खारखोलामा बस दुर्घटना भएको हो । दुलधारा-खलंगा हुँदै दाङको तुलसीपुर तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।
मृतक र घाइतेको विवरण खुल्न वाँकी रहेको छ ।



