चितवन । आज यमपञ्चकको अन्तिम दिन भाइटीका । शुभ साइतमा टीका ग्रहण गरेका मानिसहरु नारायणी नदी किनारमा वाक्लो उपस्थिती देखिन्थ्यो । टिका ग्रहण गरेका नगरेका उनीहरु नारायणी किनारमा रमाइरहेका थिए ।
Advertisement
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई भनेको नारायणी नदी किनारमा यतिवेला मोटरवोट समेत संचालन भइरहेका छन् । लामो समय कोभिड १९ महामारी र वर्खा समयले प्रभावित यो व्यवसाय अहिले फष्टाउन थालेको छ ।
दैनिक सय बढि पटक यात्रुलाई नारायणी नदीमा सयर गराइरहेका छन् । विभिन्न ठाउँमा आएका मानिसहरु नारायणी नदीमा मोटरवोट सयर गरेर मात्रै फर्कने गरेको संचालकहरु बताउँछन् ।
छोटो यात्राका लागि रु.२५० र लामो यात्राका लागि रु.५०० सय सम्म टिकट दर तोकिएको छ । दर्जन बढि मोटरवोटहरुले अहिले सेवा दिइरहेका छन् ।
तर कोभिड १९ महामारीमा पनि उनीहरु अधिकाँशले मास्क भने लगाएका थिएनन् ।




