×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सरकारी सेवाको उमेर हदवन्दी शंसोधन हुनुपर्छ : मुख्यमन्त्री पोखरेल


  •   बिहिबार, कार्तिक १८, २०७८
  • गैँडाकोट। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सेवाका लगाइएको उमेरहदवन्दी शंसोधन हुनेपर्ने बताउनुभएको छ।
    गैँडाकोटको जनक नमुना माविमा भएको शिक्षा सेवा समाज नेपालको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उक्त भनाई राख्नुभएको हो ।

    Advertisement

    कानुनमा लगाइएको उमेर हदवन्दीले दक्ष र अनुभवि जनशक्ति निष्कृय जस्तै अवस्थामा पुगेको भन्दै यसलाई शंसोधन गरेर देश र जनताको हितमा थप सेवा गर्ने अवसर उपलब्ध गराइनुपर्नेमा जोड दिनुभएको हो ।


    सरदर आयू ७० वर्ष नाघिसकेको भन्दै ६५ वर्षसम्म काम गर्न सक्ने उमेरनै रहेको भन्दै यसमा सशोधन गर्नुपर्ने बताउनुभएको हो । साथै सरकारले शिक्षामा पर्याप्त लगानी नगरेको र गरेको लगानी पनि सहीसदूपयोग हुन नसकेको स्वीकार गर्नुभयो । देश संघीयतामा गएपछि कानुन निर्माणमा जटिलता रहेको भन्दै संघले अहिलेनै शिक्षा ऐन बनाउन सक्ने वातावरण नभएको उहाँको भनाइ थियो । संसद चल्दा भइरहेको अवरोधले ढिलाई हुने भन्दै बाझिने हदसम्म खारेज हुने शर्तमा प्रदेश शिक्षा ऐन बनाउने बताउनुभयो ।

    एने नियम बनाउँदा रिटायर्ड हुने शैक्षिक व्यक्तिहरुलाई समेत समावेश गर्न उहाँको आग्रह थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु लामिछानेले गण्डकी प्रदेश सरकारले अवकाश प्राप्त शैक्षिक क्षेत्रका व्यक्तिहरुलाई नै प्राथमिकता दिएको बताउनुभयो । बौद्धिक व्यक्तिहरुको समूह भएकाले सरकारले यो समूहलाई सही सदुपयोग गर्न सके योजना र कार्यक्रमहरु सफल हुँदै जाने उहाँको भनाई थियो ।

    कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी, गैँडाकोट नगरकी उपप्रमुख विष्णु कुमारी कडेँल, शिक्षक सेवा आयोगका उपसचिव दिनेश कुमार श्रेष्ठ, प्याब्सनका गोपेन्द्र केशरी न्यौपाने, नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष चुडामणी शर्मा कडेँल लगायतले बोल्नुभएको थियो। उपाध्यक्ष लोकनाथ पौडेलले स्वागत गर्नुभएको सो कार्यक्रममा स्मारिकाकाको दोस्रो अंक समेत विमोचन गरिएको थियो ।

    भेलाले आज नयाँ कार्यसमिति समेत चयन गर्नेछ । चितवन र नवलपुरका अवकाश प्राप्त शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको भेलाले २०७५ सालमा शिक्षा सेवा साज नेपाल स्थापना गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.