×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रचण्डको निर्वाचन क्षेत्रका स्थानीयले ७० वर्ष कटेपछि वल्ल पाए नागरिकता


  •   शुक्रबार, कार्तिक १२, २०७८
  • चितवन । पूर्व प्रधानमन्त्री समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्थानीयले ७० वर्ष कटेपछि वल्ल नागरिकता पाएका छन् ।

    Advertisement

    पूर्व प्रधानमन्त्री समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्थानीयले ७० वर्ष कटेपछि वल्ल नागरिकता पाएका छन् ।

    नागरिकता वितरण तथा सहजिकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता बिहिन स्थानियलाई घर आगनमै नागरिकता वितरण गर्ने उद्धेश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।

    माडि नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयूक्त आयोजनामा ७३ बर्षिय हरिमायॉ प्रजाले वल्ल नागरिकता पाउनुभयो ।
    फूलमायॉ प्रजाले ७२ बर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातवाट नागरिकता वल्ल पाउनुभयो । कृष्णमायॉ घलानले ७४ वर्षपछि नागरिकता पाउनुभयो। ७ सन्तानकी हजुरआमाका सातै सन्तानसंग नागरिकता थिएन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाएको बताइएको छ । सो अवसरमा ७३ बर्षिय हरिमायॉ प्रजा ,७२ बर्षिय फूलमायॉ प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।बादरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ ।

    यस वडामा अधिकांशको नागरिकता छैन भने यहॉका वासिन्दाहरूसंग जग्गा धनि प्रमाण पुर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सिमावर्ती यस बस्तिमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र वस्ति विकासको काम हुन सकेको छैन ।

    कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादिका नेता नारदमणी पौडेल, लगायतकाले बॉदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहिन सुकुम्बासीलाई चाँडै लालपुर्जा बाँड्ने बताउनुभएको छ ।आफ्नो निर्वाचन क्षेत्र बाँदरझुलामा पुगेर नागरिकता वितरण गर्नुभएका उहाँले भूमिहिन सुकुम्बासीको नागरिकता सम्वन्धी समस्यालाई वर्तमान सरकारले समाधान गर्ने गरी काम अगाडि बढाएको बताउनुभएको हो।


    चितवनको माडी नगरपालिका ९ स्थित बॉदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भूमीसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई ठोस योजना बनाएर लालपूर्जा वितरण गर्न भनेको बताउनुभयो ।

    आफूले निर्वाचनको समय बोलेका केही योजना रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदिहरूमा पक्कीपुल, र सडक कालोपत्रेको काम धमाधम भैरहेको दावी गर्दै सुकुमबासी बस्ति हनुमान झुलामा बिजुलि बत्ति विस्तारका लागि काम भैरहेको बताउनुभयो ।

    पुर्वप्रधानमन्त्री ओलीले माडिमा प्रपोगान्डाको लागि राम मन्दिरको घोषणा गरेको बताउदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताउनुभयो । माडि नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयूक्त आयोजनामा ७३ बर्षिय हरिमायॉ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.