×
शनिबार, कार्तिक १५, २०८३
☰
शनिबार, कार्तिक १५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

वागमतीमा मुख्यमन्त्री को बन्दै छ त आज ? मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको फैसला हुँदै


  •   बुधबार, कार्तिक १०, २०७८
  • हेटौँडा । आज वागमती प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने फैसला हुँदैछ । अदालतबाट नभई जनताबाट निर्वाचित भएर गएका प्रदेशसभा सदस्यहरुले दिने मतका आधारमा आज वागमती प्रदेशको मुख्य मन्त्री चयन हुँदैछन् । अहिले अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको पद सम्हाल्नुभएको छ । नेकपा एमाले फुटेर नेकपा समाजवादी बनेपछि उहाँले आज विश्वासको मत लिदै हुनुहुन्छ । जसमा मतविभाजनको कार्य आज हुने भएको हो ।

    Advertisement

    हेटौँडामा रहेको प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने छ ।

    मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्तावलाई गत ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नुभयो ।प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् भने विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी  र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ ।

    विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेका छन् । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि विश्वासको मत लिनुपरेको हो । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल हुनुभएको थियो ।

    प्रदेशसभाले कार्यविधि बनाएको छ जसमा दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको संयोजक छिरिङदोर्जे लामाले बताउनुभयो । कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । यदि अष्टलक्ष्मी शाक्यले आफूले बहूमत पुर्याउन सक्दिन जस्तो लागे राजीनामा दिने सामान्य प्रचलन भएपनि विपक्षि गठवन्धनलाई चुनौति दिनपनि विश्वासको मत लिने तर राजीनामा नदिने बताइएको छ । यदि ५५ सांसद पुर्याउन सके शाक्यले मुख्यमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिन सक्नुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.