चितवन।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा विवादवारे गठवन्धन सरकारले एकदुई दिनभित्रै धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।
सत्तारुढ दलका एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले प्रधानन्याधीशलाई महाअभियोग लगाउने विषयमा भने अहिले कुनै सोच नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“जुव डिवेट अहिले चलेको छ मलाई लाग्छ यो एक दुई दिनभित्र समाधान हुन्छ ।”
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै पूर्व प्रचण्डले न्यायालय र यसको स्वतन्त्रतालाई कहिँकतैवाट आँच नआओस भन्ने कुरामा सवै सतर्क हुनुपर्ने बताउँदै न्याय क्षेत्रबाटनै यसको समाधान हुने आसामा आफू रहेको उहाँको भनाई थियो ।
प्रचण्डले भन्नुभयो,“राज्यका प्रमुख अंगहरु कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाले आआफ्नो गरिमा कायम राख्न बल गर्नुपर्छ । हामी गठवन्धनका तीन दल हिजो बसेका थियौँ । चाँडै पाँचै दल बसेर धारणा बनाउनेछौँ ।”
गजेन्द्र हमाललाई नेपाली काँग्रेसको कोटाबाट मन्त्री नियुक्त गरेको प्रष्ट पार्दै प्रचण्डले उहाँले राजीनामा दिएपछि नयाँ परिस्थिती सृजना भएको बताउनुभयो ।
अर्को प्रसंगमा प्रचण्डले एमालेको १० औँ महाधिवेशन चितवनमा गर्नाले प्रचण्डको विजयी गराउने सुरुवातको रुपमा बुझेको बताउनुभयो। बुटवलमा गर्नुपर्छ भनेर अन्तिममा चितवनमा महाधिवेशन गर्छु भन्ने निर्णय आफूका लागि खुशीकै कुरा भएको उहाँको भनाई छ । साथै सुकुटेमा आफूले जीपलाइन सवार गरेको कुरालाई ठूलो इस्यू नवनाउन आग्रह गर्दै आफू सधैँ नेपाली जनताको दुख पीडामा मलम लगाउन सक्रिय भइरहेको बताउनुभयो ।
आज एकैदिन चितवनमा माओवादीका चार जना नेताहरु व्यस्त रहेका थिए । प्रचण्ड,नारायणकाजी श्रेष्ठ, शशी श्रेष्ठ र गिरीराज मणी पोखरेल जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त रहनुभएको थियो ।



