×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपालमै पहिलो पटक चितवनमा भैँसी सम्मेलन हुने (भिडियो सहित)


  •   शनिबार, कार्तिक ०६, २०७८
  • चितवन।देशमै पहिलो पटक चितवनको रामपुरमा भैँसी सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मुख्य आयोजनामा चितवनको रामपुरमा कार्तिक ८ देखि १२ गतेसम्म भैँसी सम्मेलन हुने भएको आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयले जानकारी दिएको छ ।

    Advertisement

    १०औँ एसियन बुफेलो कग्रेस २०२१’ नाम दिएर उक्त सम्मेलन हुँदैछ । भैँसी पालनको विकास र नयाँ प्रविधि तथा भैँसीसँग सम्वन्धीत नयाँ आविष्कार घोषण गर्न उक्त सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । साथै यसले वैज्ञानिकहरुवीच अन्तरसम्वन्ध विस्तार र खोजी भएका नयाँ सफलताको वाँडफाँडका लागि पनि मद्दत मिल्ने उहाँले जानकारी दिनुभयो ।

    उक्त सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरुले १३५ भन्दा बढि कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। विभिन्न सात वटा विधाका कार्यपत्र प्रस्तुत गरीने र त्यसमाथि ३५० जनाभन्दा बढी वैज्ञानिक,प्राध्यापक,कृषक विद्यार्थी तथा सम्वन्धीत विषयका सरोकारवालाहरुले बहस गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    सम्मेलनबाट आएको नयाँ खोजलाई भैँसी पालक किसानसँग जोड्ने र यसले सरकारलाई नयाँ नीति निर्माण गर्न सहयोग पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताउनुभयो ।

    सम्मेलनमा भर्चुअल र भौतिक दुवै माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने उक्त सम्मेलनको नवाँै सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।

    पछिल्लो खोज अनुसार भैँसीलाई वेमौसमीमा पनि प्रजनन हुन सक्ने कुरा पत्ता लागेको र यसलाइ किसानसँग जोड्दै विश्वविद्यालयमै भैँसी अनुसन्धान केन्द्र स्थापनको तयारी भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

    विश्वर भैँसी उत्पादनको हिसावले नेपाल चौथो र संख्याको हिसावले छैठौँ स्थानमा रहेको उहाँको भनाई छ । अहिले नेपालमा करिव ५५ लाख भैँसी रहेको र देशमा हुने दुध उत्पादनको करिव ६५ प्रतिशत भैँसीले योगदान गरेको उहाँको भनाई थियो । भैँसी उपयोगिताको हिसावमा पनि यसको पालनका लागि फाइदा हुने भन्दै मासुमा समेत करिव ५४ प्रतिशत योगदान भैँसीले गरेको उहाँकाले जानकारी दिनुभयो ।

    नेपालमा लिमे,पारकोटे,गड्डी,तराई जात र मुर्रा प्रजातिका भैँसी छन  । पछिल्लो समय हाइव्रिड समेत बनाएर भैँसी पालन हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.