चितवन । चितवनको रत्ननगर बकुलहर अस्पतालमा तोडफोड गरिएको छ ।
पूर्वी चितवनमा रहेको अस्पतालमा विहीवारराती तोडफोड गरिएको प्रहरीले जानकारी दिएको छ । राती पौने १२ बजे दुई युवाहरुले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन ।
हातमा सामान्य चोट लागेर उपचार गर्न आएका उनीहरुले उपचारमा ढिलाई भएको झोकमा अस्पतालमा तोडफोड गरेका हुन । पहिचान खुल्न नसकेका युवाहरुले अस्पतालका सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
तोडफोडबाट अस्पतालको नयाँ भवनको एउटा ढोकाको सिसा फुटेको छ भने कुर्ची भाँचिएका छन् । प्रहरीले युवाहरुले प्रयोग गरेको एउटा वानटेष्ट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
सीसी क्यामेरा फुटेजमा युवाहरुको हुलीया पहिचान भइसकेको र उनीहरुलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने रानाले बताउनुभयो ।



