×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

औषधि नदिएका तीन सप्लायर्सलाई भरतपुर अस्पतालले गर्यो कारवाही


  •   शनिबार, कार्तिक ०६, २०७८
  • चितवन । संघीय मातहतमा रहेको जिल्लाको एक मात्रै सरकारी अस्पताल भरतपुर अस्पतालले तीन औषधि सप्लायर्सलाई कारवाही गरेको छ । औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याएको भन्दै सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो ।

    Advertisement

    अस्पताल विकास समितिको बैठक बसेर कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिनुभयो। औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उहाँको भनाई छ । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ ।

    कारबाही स्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ । सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालका फार्मेसीमा औषधि आपूर्तिका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए । विसं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती सप्लायर्ससँग सम्झौता गरिएको हो । सर्जिकल सामानतर्फ भने ६ सप्लायर्ससँग सम्झौता भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.