×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उत्साहित हुँदै एमाले चितवनले भन्यो : १० औँ महाधिवेशन को तयारी आजैदेखि सुरु


  •   शुक्रबार, कार्तिक ०५, २०७८
  • चितवन,कार्तिक ७ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय ऐतिहासिक भएको भन्दै एमाले चितवन उत्साहित देखिएको छ । वागमती प्रदेश कमिटीको विशेष पहलमा चितवनमा महाधिवेशन गर्ने निर्णय भएसँगै तयारी समेत सुरु भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

    Advertisement

    भरतपुर गार्डेन रिर्सोटमा नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी ऐतिहासिक निर्णय सफल बनाउन सवैपक्षको सहयोग आवश्यक भएको जनाएको हो । महाधिवेशन गर्ने निर्णय हिजो मात्रै भएको भन्दै स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

    देशकै मध्यभागमा रहेको ठाउँ भएकाले समेत महाधिवेशनमा आउने प्रतिनिधिहरुलाई आउन जान सजिलो समेत रहने उहाँको भनाई थियो । ऐतिहासिक, सामरिक, राजनीतिक आदि हिसावले समेत उपयुक्त ठाउँ चितवन भएकाले महाधिवेशन हुने स्थान तोकिएको जानकारी दिनुभयो । विभिन्न संचारमाध्यममा आएजस्तो प्रचण्डलाई चुनौति दिन नभई पार्टीलाई थप बलियो बनाउँदै आगामी चुनावमा अझ ठूलो दल बनाउन सहयोग पुग्ने गरी महाधिवेशन चितवनमा गर्न लागिएको एमाले चितवनले जनाएको छ ।

    चितवनमा हुने महाधिवेशनले पार्टीलाई थप एकतामा वाँधिएको सन्देश दिने बताउँदै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी हुने र उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको बताउनुभयो । ठाउँका लागि यहाँका सर्वपक्षिय राजनीतिक दल तथा प्रहरी,प्रशासन सँगै छलफलको कार्यलाई तिव्र पारिने उहाँको भनाई थियो ।

    महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुने भन्दै उहाँले विद्यान महाधिवेशनमा ६ हजार ३३७ जनाको उपस्थिती रहेको जानकारी दिनुभयो ।

    अहिलेको अवस्थामा नेकपा एमालेसँगै एक्लै लड्ने कुनै पार्टीको हिम्मत नभएकाले आफूहरुको प्रतिस्पर्धा गठवन्धनसँग रहेको उहाँले बताउनुभयो । महाधिवेशनलाई प्रचण्डलाई चुनौति दिन चितवनमा गरिएको रुपमा नबुझ्न आग्रह गर्दै फागुन भित्र जसरी सक्नुपर्ने कानुन प्रावधान रहेकाले मंसिर १० देखि १२ गते गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.