×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका ६३ र नवलपुरका ३१ हजार बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाईने


  •   बुधबार, कार्तिक ०३, २०७८
  • चितवन । यही कार्तिक ७ र ८ गते चितवनका ६३ हजार र नवलपुरका ३१ ह्जार वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । सधैँ कार्तिक २र ३ गते खुवाइदै आएकोमा यो पटक कार्तिक ७ र ८ गतेलाई तय गरिएको हो ।
    ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ६३ हजार ३७५ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए खुवाइने र एक वर्षदेखि ५ वर्षसम्मका ५६ हजार भन्दा बढी बालवालिकालाई जुकाको औषधि खुवाइने तिवारीले बताउनुभयो ।

    Advertisement

    जिल्लाका ४६१ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने तिवारीले जानकारी दिनुभयो ।

    नवलपुरमा पनि सोही मितिमा भिटामिन ए र जुकाको औषधी खुवाईदैछ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जिल्लाका ३० हजार ९ सय ८९ जनालाई भिटामिन ए र २७ हजार ३९ जनालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको बताउनुभयो । गैँडाकोटका ४ हजार ९ सय २९ जनालाई भिटामिन ए र ४ हजार १ सय ७७ जनालाई जुकाको औषधी, देवचुलीका ३ हजार ९ सय १८ जनालाई भिटामिन ए र ३ हजार ३ सय ७४ जनालाई जुकाको औषधी , कावासोतीका ५ हजार ६ सय १३ जनालाई भिटामिन ए र ४ हजार ८ सय १७ जनालाई जुकाको औषधी खुवाईने छ ।

    त्यस्तै मध्यविन्दुमा ५ हजार ३ सय ८६ जनालाई भिटामिन ए र ४ हजार ६ सय ९७ जनालाई जुकाको औषधी, विनयी त्रिवेणीमा ३ हजार ६ सय ७७ जना बालबालिका भिटामिन ए र ३ हजार २ सय ५८ जना जुकाको औषधी , हुप्सेकोटका ३ हजार १ सय ५१ जनालाई भिटामिन ए र २ हजार ८ सय ३६ जनालाई जुकाको औषधी , बुलिङटारमा २ हजार ४ सय ४ जना भिटामिन ए र २ हजार १ सय ६५ जनालाई जुकाको औषधी ,बौदीकालीका १ हजार ९ सय ११ जनालाई भिटामिन ए र १ हजार ७ सय १५ जनालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.