चितवन । लगातार परेको वर्षाका कारण सुनसरीको धरानमा पहिरो जाँदा घर पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
Advertisement
मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो ।



