×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन ट्राफिकको अनुरोधः ‘तनाव हुँदा सवारी नचलाऔँ’ (तस्विर सहित)

"टायरमा पर्याप्त हावा नभएको समेत पत्तो पाउँदैनन सवारी चालकहरु "

  •   सोमबार, कार्तिक ०१, २०७८
  • चितवन । चाडपर्वमा समेत दुर्घटना नरोकिएपछि चितवन ट्राफिकले आफ्नो सक्रियता बढाएको छ । चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार यो पटक मुख्य सडक भन्दा बढि दुर्घटना भित्रि सडकमा भइरहेको बताउनुभयो । भित्रि सडकमा भएका अधिकाँश दुर्घटनामा चालकको दोष देखिएको भन्दै नयाँ योजना अनुसार दुर्घटना न्यूनिकरण गर्न चनचेतनामूलक कार्यक्रम गरिएको हो ।

    Advertisement

    जस अनुसार आज जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले ’मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, सिट क्षमता भन्दा बढी यात्रु नबोकौं, तिव्रगतिमा सवारी नचलाऔं, ट्राफिक नियमको सदैव पालना गरौं, थकान र तनावमा सवारी नचलाऔँ भन्ने लेखीएको प्ले कार्ड सहित जिल्ला स्थित राजमार्गको बिभिन्न स्थानमा सवारी चालकलाई सचेत गराइएको हो ।

    त्यस्तै सवारी दुर्घटना न्यूनिकरणको लागी आज नै भरतपुर महानगरपालिका १ आँपटारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढ देखि मुग्लिङ तर्फ जाने सवारी साधनलाई लक्षित गरी चितवन अटो मेकानिकल व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा यान्त्रिक परीक्षण गरिएको छ ।

    सबै प्रकारका सवारी साधनहरुको यान्त्रिक परिक्षण गरिएकोमा आज ४४ वटा सवारी साधन चेकजाँच गरिएको हो । उक्त चेकजाँच गर्दा सवारी साधनको बत्तिको अवस्था ठिक नभएको, टायरमा हावा कम भएको, फ्युल पम्पमा समस्या, ब्रेक आयल कम भएको जस्ता कमजोरी भेटिएको ट्राफिक प्रहरी चितवनले जानकारी दिएको छ ।

    समस्या रहेका सवारी साधनहरुलाई सम्झाई बुझाई नियमित सवारी परीक्षण गरी संचालन गर्न सेचत गराई नियमानुसार कारवाही समेत गरिएको प्रहरीले जनाएको छ ।

    सवै तस्विर ः जिल्ला ट्राफिक प्रहरी कार्यालय

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.