चितवन । उच्च माध्यामिक विद्यालय संघ हिसान नवलपुरको नयाँ समिति सर्वसम्मत चयन गरिएको छ । जसको अध्यक्षमा अरुङखोला माबीका बिन्दुकुमार श्रेष्ठ , उपाध्यक्षमा विजय सामुदायिक शिक्षा सदनका खेमराज सापकोटा, सचिबमा गैंडाकोट इ. बोर्डिङ स्कुलका हिरालाल अर्याल , र कोषाध्यक्षमा सरस्वती मा बिका लक्षमण कंडेल चयन हुनुभएको गैँडाकोट नमुना कलेजका प्राचार्य गोपेन्द्र केशरी न्यौपानेले जानकारी दिनुभयो ।
हिसान नवलपुरको नयाँ कार्यसमितिका सदस्यहरुमा नागरिक कलेजका छविलाल कंडेल,साइनिङ्ग मा बिका भोला दवाडी, लुम्बिनी आइसीटी कलेजका निर्मल पाण्डे रहनुभएको छ ।
नयाँ समिति बनेसँगै २०७५ मा गठित समिति भंग भएको छ । बैठकमा प्राचार्य तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो । बिहान ११ बजे, अक्सफोर्ड कलेजको प्राङ्गणमा कार्यक्रम भएको हो ।
हिसान नवलपुरमा सदस्य रहेका बिद्यालहरुमा उज्ज्वल मा बि त्रिबेणी, ब्लुस्टार मा बि दुम्कीबास, अरुङखोला मा बि अरुङखोला,नारायणी मा बि अरुङखोला,नवलपुर मा बि चोरमारा
, सिद्वार्थ मा बि कावासोती, बिश्वज्योती मा बि प्रगतिनगर,अमर मा बि १६ नं।अमरापुरी, मुकुन्दसेन मा बि बेडावारी, बिजय सामुदायिक मा बि गैंडाकोट, साइनिङ मा बि गैंडाकोट, गैंडाकोट नमुना मा बि गैंडाकोट , बालबिकास मा बि गैडाकोट , कन्टिनेन्टल मा बि गैंडाकोट ,सरस्वती निकेतन मा बि गैंडाकोट ,गैंडाकोट मा बि गैंडाकोट र अक्सफोर्ड मा बि गैंडाकोट रहेका छन ।
हिसान नवलपुरको अध्यक्षमा बिन्दुकुमार श्रेष्ठ
हिसान नवलपुरको अध्यक्षमा बिन्दुकुमार श्रेष्ठ
Advertisement
तपाईको प्रतिक्रिया



