चितवन । गैँडाकोट नारायणगढ जोड्ने पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट हामफालेर एक पुरुष वेपत्ता भएका छन् । प्रहरीका अनुसार करिव ५५ बर्षका पुरुष गैंडाकोट तर्फ हिंडेर आएको र पुलको बीच विन्दुबाट हामफालेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
Advertisement
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले बिहान ९ बजेर ५० मिनेटको समयमा ती पुरुष हामफालेर वेपत्ता भएको र ‘विहान स्थानीय र मोटरबोट वाला तथा गैंडाकोटका एक स्थानीयले खबर गरेपछि खोजी कार्य जारी रहेपनि फेला नपरेको विष्टले जानकारी दिनुभयो ।
पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकाले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको उहाँको भनाई छ । पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको विष्टले बताउनुभयो ।



