चितवन । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका वडानम्वर ५ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि हिजो स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई निर्माण कम्पनी र भवन निर्माण गरिदिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले हस्तान्तरण पत्र प्रदान गर्दै निर्माण सकिएको जानकारी दिएको हो । यद्यपी निर्माण सम्पन्न प्रतिवेदन बुझाउन वाँकी रहेको छ । दसैँपछि नै उक्त प्रतिवेदन पनि बुझाउने बताइएको छ ।
भवन निर्माण सम्पन्न भएको भन्दै वडाअध्यक्ष समेत रहनुभएका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नवराज कडेँलले तिहारपछि सेवा सुरु गर्ने जानकारी दिनुभयो । सुविधा सम्पन्न भवन वनेपछि अव प्रसुती सेवा, एम्वुलेन्सको समेत व्यवस्था गर्ने बताउनुभयो । एम्वुलेन्स खरिदका प्रकृया लामो हुने भएकाले समय लागेपनि कार्यपालिका बैठकबाट खरिदका लागि रकम विनियोजन गर्ने सहमति भइसकेको कडेँलले बताउनुभयो ।