×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन उद्योग संघमा नेपालमै पहिलो औद्योगिक पाठशाला कक्षको उद्घाटन


  •   बिहिबार, असोज २१, २०७८
  • चितवन। भरतपुर महानगरपालिकाको ७० र चितवन उद्योग संघको ३० प्रतिशत लागत साझेदारीमा ५६ लाखमा नेपालमै पहिलो औद्योगिक पाठशाला कक्षको निर्माण गरिएको छ । कक्षको आज उद्घाटन गरिएको छ । उद्घाटन गर्दै भरतपुर महानगरप्रमुख रेनु दाहालले स्थानीय सरकार सधैँ निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
    उद्योग संघमा स्थापना भएको पाठशाला कक्षले नयाँ र दक्ष उद्योगी स्थापना गराउन सहयोग पुग्ने बताउँदै उद्योग संघकै कारण महानगरको राजश्व १ अर्व पुगेको बताउनुभयो । महानगर कायमै हुन पाँच वर्षमा १ अर्ब राजश्व पुग्नै पर्दथ्यो उहाँले भन्नुभयो, जुन लक्ष्य उद्योग संघको महत्वपूर्ण सहयोगले लक्ष्य हासिल गरेर पनि माथि पुगेका छौँ । ”
    चितवनमा रहेका १२ सय उद्योगहरु मध्ये ५० प्रतिशत बढि महानगरभित्र रहेको भन्दै पाठशालाको भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो । आज नै वेवसाइटको समेत उद्घाटन गरिएको छ । वेवसाइट निर्माणको कार्य पूरा हुन भने तीन महिना लाग्नेछ ।
    भरतपुर महानगरपालिकाको विशेष सहयोगमा पाठशालाको निर्माण गरिएको अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । यो अभ्यास नेपालमै पहिलो भएको समेत उनको भनाई छ । पाठशाला स्थापना पछि मानसिक सम्पतीको विकास गर्न थप टेवा पुग्ने अध्यक्ष पौडेलको भनाई थियो ।
    एसी सहितका तीन वटा व्यस्थित तालिम हल पाठशालामा रहेका छन् । कुनै औपचारिक पाठ्यक्रम नभई अनुभविहरुबाट तालिम र शिक्षा प्रदान गर्ने उद्देश्य रहेको संघले जानकारी दिएको छ ।
    कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरी, उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।

    Advertisement

    ५६ लाखको लागतमा पाठशाला निर्माण भएकोमा ७० प्रतिशत भरतपुर महनगर र ३० प्रतिशत उद्योग संघको लगानी रहेको छ । वेवसाइट १४ लाख १६ मा बन्ने र ९० प्रतिशत महानगर र १० प्रतिशत संघले व्यहोर्नेछ । वेवसाइट निर्माण पूरा हुन ३ महिना लाग्ने छ भने पाठशालाका लागि तालिम हलहरु पूर्ण तयारी अवस्थामा रहेको र पाठ्यक्रम निर्माण गरी संचालन गरिने संघका कार्यकारी निर्देशक गणेशप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.