×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा प्रहरी दिवसः’पहिला सुन्ने अनि थुन्ने नीति लिन सुझाव’


  •   बुधबार, असोज २०, २०७८
  • चितवन । चितवनमा पनि ६६ औँ प्रहरी दिवस मनाइएको छ । कार्यक्रममा बदलिदो समय अनुसार परिवर्तीत प्रहरीबाट आधुनिक, निष्पक्ष र छिटो सेवा जनताले चाहेको र सोही अनुसार सेवा प्रवाहमा प्रहरी अव्वल वन्नुपर्नेमा जोड दिइएको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै चितवन जिल्ला अदालतका न्यायधिश हेमन्त रावलले प्रहरीले गर्ने अनुसन्धानको प्रकृयामा सुधार गर्न सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो,“प्रहरीले पहिला थुन्ने अनि सुन्ने नीति लिएको छ । तर कानुनले पहिला सुन्ने अनि थुन्ने भन्दछ । पर्याप्त प्रमाण पुर्याएर मात्रै दोषिलाई पक्राउ गर्ने र मानवअधिकार लगायतमा कम क्षती हुनेगरी काम गर्नुपर्दछ । ”


    साथै उहाँले नागरिकको क्षमतामा वृद्धि भएर विकसीत देशका प्रहरीको जस्तै सेवा चाहना गरेको भन्दै नेपाल प्रहरीलाई समेत सीप र क्षमताको विकास गर्दै उनीहरुले पाउनुपर्ने सेवा सुविधा समेत बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
    तर प्रहरीले जनअपेक्षा पुरा गर्न नसकेको धेरैले गुनासो गरे । कार्यक्रममा बोल्दै महिला तथा वालवालिका अभियान्ता मिना खरेलले विकास र सुरक्षा सँगसँगै हुनेगरी अवका योजना बनाउन सुझाव दिनुभयो ।

    अझ चितवन ७८ औँ जिल्ला भएकाले यहाँ हुने अपराध देखि लागूऔषध,अफिम खेती आदिलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि निर्देशन दिनुभयो । जनप्रतिनिधिबाटै प्रहरीमा सेटिङ हुने र न्याय पाउने बाटोनै हराउने भन्ने गुनासो आएको भन्दै संगठनलाई धमिलो हुन नदिन उहाँको आग्रह छ ।
    व्यक्तिमा नभई नेपाल प्रहरीको बर्दीमा नागरिकले सेवा र सहयोगको आशा गर्दछन् । त्यसैले बर्दीधारी प्रहरीले दिने सेवा छिटो छरितो निष्पक्ष हुनुपर्नेमा चितवन जिल्ला अदालतका न्यायधिश रावलले जोड दिनुभयो । तर बर्दीधारी प्रहरीको क्षमता वृद्धि नगरेसम्म बर्दीले मात्रै केही नहुने उहाँको भनाई छ ।

    प्राकृतिक विपत्तीदेखि घटना दुर्घटनामा पुग्ने सरकारी प्रतिनिधिको पहिलो निकाय हो नेपाल प्रहरी तर रातदिन जनताको सेवामा लाग्ने प्रहरीको सेवा सुविधा पर्याप्त नभएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा वक्ताहरुले जोड दिनुभएको थियो । चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले विभिन्न समस्याका वावजुद पनि चितवनको शान्ति सुव्यवस्था,अपराध नियन्त्रणमा सक्रियपूर्वक लागिरहेको बताउनुभयो । पछिल्लो समय मात्रै ६ वटा प्रहरी इकाइको नयाँ भवनको उद्घाटन गरेको बताउँदै अन्य निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

    भरतपुर महानगरपलिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अमर प्रहरीका परिवार, विभिन्न खेलका विजेता प्रहरी तथा उत्कृष्ट प्रहरीहरुलाई सम्मान पत्र,प्रसंसा पत्र,नगद सहित सम्मान एवम पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाले स्वागत गर्नुभएको थियो भने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन, भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी,पूर्व प्रहरी संगठनका अध्यक्ष उद्धव कुमार श्रेष्ठ,सामुदायिक सेवा केन्द्र नारायणगढका अध्यक्ष एवम महिला अधिकारकर्मी मिना खरेल आदिको सहभागीता थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.