चितवन । पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमण र त्यसपछि जारी लकडाउनले १५ महिना पूर्णरुपमा बन्द भएको सौराहा जाग्न थालेको छ ।
Advertisement
अहिले आन्तरिक पर्यटक बढिमात्रामा र वाह्य पर्यटक पनि केही आउन थालेपछि व्यवसायीहरु उत्साहित भएका छन् । कोरोना विरुद्धको खोप धेरै नागरिकले लगाएका कारण पनि आगामी दिनमा पर्यटन गतिविधिले तिव्रता पाउने अपेक्षा उनीहरुको छ ।
यो समय सौराहाको राप्ती किनारलाई आकर्षक बनाइएको छ । सौराहाको मुटु मानिने उक्त ठाउँलाई वाकिङ स्ट्रिटको रुपमा विकास गर्ने गरी काम भइरहेको हो ।