चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटिएको छ । निकुञ्जका अनुसार आज मध्यान्ह १२ बजे धोबा पोष्ट बाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० बर्षको गैंडा मृत फेला परेको हो।
Advertisement
फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेकोले धानबाली खानेक्रममा स्थानीयले रड घोपेर मरेको अनुमान गरेको बताउनुभयो । यस बिषयमा थप अनुसन्धान जारी रहेको र गैंडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागि गएराती मरेको भएपनि आज मृत भेटिएको बरालले बताउनु भयो ।
गैंडाको खाग र खुर भने सुरक्षित रहेको उहांँले जानकारी दिनुभयो ।