×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका ५२ द्वन्द्वपीडितका उजुरी छानविन हुँदै


  •   सोमबार, असोज ११, २०७८
  • चितवन । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले चितवनबाट परेका ५२ वटा उजुरीहरुको छानविन गरिरहेको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारीले जानकारी दिनुभयो ।

    Advertisement

    मानव अधिकार तथा शान्ति समाज चितवनले आइतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले केही हप्तामै परिचय पत्र समेत वितरण गर्ने जानकारी दिनुभयो । उजुरी परेकामध्ये केहीले परिचय पत्र पाइसक्नुभएको बताउँदै अन्यको पनि छानविन प्रकृया अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो ।

    द्वन्द्वका घाउ,पीडा र विछोडलाई मलम लगाउन आयोग गठन भएपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्दै डा. अधिकारीले आयोगसँग सिफारिस गर्ने अधिकार मात्रै भएकाले समस्या भएको बताउनुभयो । पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गरेपनि गृह,अर्थ लगायतका मन्त्रालयमा फाइल रिँगेको रिँगेई गर्दा पीडित थप आक्रोशित र अन्ययामा परिरहेको उहाँको भनाई थियो । परिचय पत्र दिएपछि अन्तरिम राहत १० लाख रुपैया उपलब्ध गराउने अहिलेको नियम छ । तर उक्त क्षतिपूर्ति समयमै उपलब्ध गराउन पटक पटक भनेपनि प्रकृयागत लम्वाइले थप समस्या भएको बताउनुभयो ।


    आयोगमा हालसम्म ३ हजार २४३ वटा उजुरी परेका छन् । डा. अधिकारीका अनुसार ३२ जना भेट्टाएर पनि परिवारको जिम्मा लगाइएको छ भने २ हजार ४ सय ९७ वटा उजुरीको विस्तृत अनुसन्धान जारी रहेका छन् । ती मध्ये १२ सय २७ जनाले भने अन्तरिम राहत स्वरुप १० लाख रुपैया पाएका छन् । उजुरीपछिको अनुसन्धानका क्रममा पीडित र पीडक पहिचानलाई विशेष ध्यान दिने गरिन्छ । ३ सय परिवारका १ हजार जनालाई भने परिचय पत्र वितरण गरिसकिएको उहाँको भनाई छ ।

    द्वन्द्वको समस्या समाधानका लागि सरकार,आयोग,राजनीतिक दल, सरोकारवालाहरु र पीडित पक्ष सवैबाट सहयोग भए चाँडै समाधान हुने बताउँदै आम माफी दिने गरी आफूहरुले काम नगर्ने र न्याय दिलाएरै छाड्ने उहाँको प्रतिवद्धता थियो ।
    तर पीडित परिवारहरुले भने न आयोग न सरकारसँग न्यायको आशा रहेको बताएका थिए । न्याय माग गर्दागर्दै थाकिसकेको र आयोगको म्याद थपिदै जाने, राज्यको खर्च बढ्ने तर पीडितहरुको भने उमेर मात्रै बढ्ने न्याय नपाउने लज्जाष्पद अवस्था आएको भन्दै निराशा व्यक्त गरेका थिए ।

    हुन त आयोगको कामप्रति आयोग पनि सन्तुष्ट नरहेको भन्दै डा अधिकारीले राजनीतिक प्रतिवद्धता कार्यान्वयनमा पुगे समस्या समाधान हुने बताउनुभयो । २०७१ वैशाखमा ऐन आयो,माघमा आयोग गठन भयो,४ वर्ष ४ महिना काम भएर १० महिना पदाधिकारीविहिन हुन पुगेको सम्झदैउहाँले पुन २०७६ माघ ९ मा पदाधिकारी नियुक्ती गरिएको र अव चाँडै उजुरी माग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

    मानव अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष सम्भु रावतको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी राजेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित सवैले सत्यतथ्य पत्ता लगाई पीडितलाई जतिसक्दो चाँडै न्याय दिलाउन आयोगसँग आग्रह गरेका थिए । आयोग पीडितका लागि भएको र सोही अनुसार जिम्मेवारी निभाउँदै निभ्दै गएको न्याय पाउने आशलाई जिवित बनाउन आह्वान गरेका थिए । परिवारका सदस्य नहुँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै पीडितको पीडामा राजनीति नगर्न अनुरोध समेत गरे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.