×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जनचासोका विषयमा रिपोर्टीङ गर्न चितवनमा तालिम


  •   आइतबार, असोज १०, २०७८
  • चितवन । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र चितवनको समन्वयमा जनचासोका विषय उठान गर्नेवारे तालिम सुरु भएको छ । हिजो र आज चल्ने तालिममा संचारविज्ञ सन्तोष पौडेलले प्रशिक्षण दिइरहनुभएको हो।

    Advertisement

    अधिकाँश समाचार र रिपोर्टीङ केही सीमित विषयमा मात्रै केन्द्रीत हुँदा जनताले पत्रकारलाई मूल्याङ्कन गर्ने दृष्णीकोणमा समेत परिवर्तन हुँदैगएपछि जनचासोका विषयवारे तालिम थालिएको महासंघका केन्द्रीय महासविच रोशन पुरीले जानकारी दिनुभयो ।

    महासंघको कार्ययोजना अनुसार पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने र आम जनताको चासोलाई केलाउँदै समाचार, रिपोर्ट प्रशासरण प्रकाशन गर्दै पत्रकारहरुप्रतिको जनविश्वास बढाउन यो तालिमको आयोजना गरेको बताउनुभयो ।

    पछिल्लो समय पत्रकारिताको आधारभूत मान्यतलाई समेत पूर्णता नदिएर लेखिने समाचार,बनाइने रिपोर्टीङले जनता निराश बनेको भन्दै तालिमले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै महासंघ केन्द्रीय सचिव सृजना अर्यालले आफ्नो क्षमता बढाउँदै जनचासोका विषय पस्कन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम संयोजक हिरण्य जोशीले समाजका ससाना समस्या र चासोलाई पत्रकारले ध्यान नदिएको बताउनुभयो । छिमेकीले सहजै उपचार पाए की पाएनन्, महङ्गो शैक्षिक शुल्क तिरीरहेका छन् की आदि समस्यावारे पत्रकार वेखवर हुने तर देशको राजनीतिक लगायत ठूला ठूला समसामयिक विषयमा बढि केन्द्रीत हुँदा समस्या हुने उहाँको भनाई छ । यो तालिमले समाजका ससना समस्या र जनचासोलाई समेत पत्रकारले उठान गर्न सिकाउने जोशीले बताउनुभयो ।

    एउटा मिसन बनाएरै देशभरका पत्रकारलाई तालिम दिइरहेको जोशीको भनाई छ । आवश्यकता अनुसार कही पत्रकारिताको आधारभूत तालिम, कहि आचारसंहिता सम्वन्धी, जनउत्तरदायि तथा जनचासो लगायतका विषमा केन्द्रीत भएर तालिम दिदै आएको जोशीले बताउनुभयो ।

    कार्यक्रमका सभापति नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पूरानो अनूभव समेत साटसाट गर्ने र जनचासोका विषय उठान गर्नुपर्नेमा जोड दिँदै चितवनका पत्रकारहरुलाई पछिल्लो समय विकास भएको प्रविधिलाई पत्रकारितामा प्रयोग गर्नेवारेको तालिम दिन अनुरोध गर्नुभयो ।

    जिल्ला उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रम सहसचिव आनन्द पोखरेलले सहजीकरण गर्नुभएको थियो । तालिममा चितवन,नवलपुर,मकवानपुर,गोरखा लगायतबाट पत्रकारहरुको सहभागीता रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.