चितवन । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र चितवनको समन्वयमा जनचासोका विषय उठान गर्नेवारे तालिम सुरु भएको छ । हिजो र आज चल्ने तालिममा संचारविज्ञ सन्तोष पौडेलले प्रशिक्षण दिइरहनुभएको हो।
अधिकाँश समाचार र रिपोर्टीङ केही सीमित विषयमा मात्रै केन्द्रीत हुँदा जनताले पत्रकारलाई मूल्याङ्कन गर्ने दृष्णीकोणमा समेत परिवर्तन हुँदैगएपछि जनचासोका विषयवारे तालिम थालिएको महासंघका केन्द्रीय महासविच रोशन पुरीले जानकारी दिनुभयो ।
महासंघको कार्ययोजना अनुसार पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने र आम जनताको चासोलाई केलाउँदै समाचार, रिपोर्ट प्रशासरण प्रकाशन गर्दै पत्रकारहरुप्रतिको जनविश्वास बढाउन यो तालिमको आयोजना गरेको बताउनुभयो ।
पछिल्लो समय पत्रकारिताको आधारभूत मान्यतलाई समेत पूर्णता नदिएर लेखिने समाचार,बनाइने रिपोर्टीङले जनता निराश बनेको भन्दै तालिमले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै महासंघ केन्द्रीय सचिव सृजना अर्यालले आफ्नो क्षमता बढाउँदै जनचासोका विषय पस्कन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम संयोजक हिरण्य जोशीले समाजका ससाना समस्या र चासोलाई पत्रकारले ध्यान नदिएको बताउनुभयो । छिमेकीले सहजै उपचार पाए की पाएनन्, महङ्गो शैक्षिक शुल्क तिरीरहेका छन् की आदि समस्यावारे पत्रकार वेखवर हुने तर देशको राजनीतिक लगायत ठूला ठूला समसामयिक विषयमा बढि केन्द्रीत हुँदा समस्या हुने उहाँको भनाई छ । यो तालिमले समाजका ससना समस्या र जनचासोलाई समेत पत्रकारले उठान गर्न सिकाउने जोशीले बताउनुभयो ।
एउटा मिसन बनाएरै देशभरका पत्रकारलाई तालिम दिइरहेको जोशीको भनाई छ । आवश्यकता अनुसार कही पत्रकारिताको आधारभूत तालिम, कहि आचारसंहिता सम्वन्धी, जनउत्तरदायि तथा जनचासो लगायतका विषमा केन्द्रीत भएर तालिम दिदै आएको जोशीले बताउनुभयो ।
कार्यक्रमका सभापति नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पूरानो अनूभव समेत साटसाट गर्ने र जनचासोका विषय उठान गर्नुपर्नेमा जोड दिँदै चितवनका पत्रकारहरुलाई पछिल्लो समय विकास भएको प्रविधिलाई पत्रकारितामा प्रयोग गर्नेवारेको तालिम दिन अनुरोध गर्नुभयो ।
जिल्ला उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रम सहसचिव आनन्द पोखरेलले सहजीकरण गर्नुभएको थियो । तालिममा चितवन,नवलपुर,मकवानपुर,गोरखा लगायतबाट पत्रकारहरुको सहभागीता रहेको छ ।