चितवन, असोज ८ । मकवानपुर प्रहरीले तीनहजार गांँजाका विरुवा बरामद गरी नष्ट गरेको छ । प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज पौने ४ बजे उक्त परिमाणका विरुवा नष्ट गरेको हो ।
Advertisement
प्रहरी चौकी चैनपुर मकवानपुरका अनुसार राक्सिराङ गाउंँपालिका वडा नम्बर ३ झिल्किनी बाट पलासे तर्फ गई रहेको नम्वर नखुलेको मोटरसाइकलले प्रहरी टोलीलाई देखि मोटरसाइकलमा ल्याएको २ वटा सेतो बोरा फालेर भागेका थिए ।
उक्त बोरा खोलेर हेर्दा अन्दाजी तीनहजार वटा गाँजाको बिरुवा फेला पारी नष्ट गरिएको हो ।विरुवा ल्याउने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



