भदौ ६, चितवन । चितवनमा सुन र ९ लाख सहित २ जना व्यक्ति पक्राउ परेका छन् । भरतपुर १ को भृकुटीपथमा संका लागेर कार चेकजाँच गर्दा कारभित्रबाट सुन र ९ लाख रुपैया बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
Advertisement
बा १५ च ६९२ नम्बरको कारलाई चेकजाँच गर्दा १४५दशमलव ६ ग्राम सुन जस्तो देखिने पहँेलो धातु र स्रोत नखुलेको ९ लाख नेपाली रुपैँया फेला परेको हो ।
कारमा रहेका भरतपुर २ बस्ने वर्ष ४३ का टक बहादुर विक र भारत महाराष्ट सागंलि घर भई हाल भरतपुर २ बस्ने २५ बर्षीय आकाश कदम भन्ने बिजय पोसलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।



