भदौ ६, चितवन ।
चाडपर्व सँगै चितवनमा अवैध कपडा भित्राइएको पाइएको छ । भन्सार छलेर कपडा ल्याउने र विक्रि गर्ने गरी भित्राइएको कपडा चितवन प्रहरीले बरामद गरेको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ९ बाट लेडिज रेडिमेट कुर्था कपडा – ५७ सेट र थ्री पिस कटन कोट कपडा – २७ रोल बरामद गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
सवारी साधान चेकजाँच गर्दा बिल बिजक नभएको र अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरेको अवस्थामा सो कपडा बरामद गरिएको हो।
प्रहरीका अनुसार रु।२ लाख १२ हजार ४४० बरावरको कपडा रहेको र आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाईएको चितवन प्रहरीको भनाई छ ।



