बैशाख १५ ।
गत फेब्रुआरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धि मन्त्रीस्तरिय सम्मेलनका सहभागीको समिक्षा बैठक, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा हिजो बैशाख १४ गते भयो । सो सम्मेलनमा नेपालले सडक सुरक्षाका प्रतिवद्धता जाहेर गरेको थियो ।
मन्त्रालयको सचिव केशव कुमार शर्माको अध्यक्षतामा सम्पन्न सो बैठकमा सम्मेलनका सरकारी, गैर–सरकार तथा पेशागत समुदायका विभिन्न व्यक्तिवको सहभागीता रहेको थियोे, जहाँ यस विषयमा सम्पूर्ण साझेदारसँग सहकार्यको चर्चा भयो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) साउथ एशियाका डा. तासी, र डब्लुएचओ नेपालका डा. ग्यापो दोर्जी, मन्त्रालयका सह–सचिवहरु सुशिल बाबु ढकाल, कृष्ण राज पन्थ, नेपाल अटोमोवाइल्स एसोसीएसनका कार्यकारी निर्देशक गाविन्द भट्टराई, डा. सुनिल जोशी, स्वतन्वा अभियान नेपालकि रितु भट्ट, सडक विधागका शुभराज न्यौपाने, मोटरिङ्ग नेपालका किरण धिताल तथा यूथ फर रोड सेफ्टी इन नेपालकी मनिका वम्मा लगायतको उपस्थिती थियो ।
नागरिक समुदायबाट भई रहेका कार्य शेयर गरिएको बैठकमा मन्त्रालय अन्तर्गतको सडक सुरक्षा सम्वन्धि कार्य र मिनीस्ट्रीयल मिटीङ्गको निष्कर्षको कामको तालमेल र योजना बारेमा छलफल भएको सो बैठकमा मन्त्रालयका अधिकारी तथा सडक सुरक्षा परिषदले गरेका प्रयासबारे प्रकास पारेका थिए । दिगो सडक र सुरक्षित यातायातमा नेपाल सरकारसंगैे दातृ निकाय, पेसागत र गैर संरकारी क्षेत्रको साझा प्रयत्न जारी रहको छ ।
हाल नेपालमा मारेरसाइकलको संख्या वढेसंगै दुर्घटना र त्यसको नकारात्म प्रभाव डरलाग्दो बन्दै गएको परिपक्षमा डब्लुएचओका अधिकारीहरूले गुणस्तरिया र डवल हेल्मेटको आवश्यकता र त्यसको सफल कार्यान्वयनमा आफ्नो अनुभव सुनाएका थिए ।
दर्जनौ अभिसन्धी अनुमोदन, प्रतिवद्धता कार्यावन्यन, सडक सुरक्षा ऐन र काउन्सील, सार्वजनिक यातायातको सुधारमा मन्त्रालय अझ प्रोयाकटिभ रुपमा सकृय हुनुपर्ने राय बैठकका सहभागीहरुको थियो । सडक सुरक्षा काउन्सीलका सरोज प्रधानले सहजीकरण गर्नुभएको बैठकले निकट भविष्यमै साझा राणनीति तयार गर्ने निष्कर्ष साथ सम्पन्न भएको थियो ।



