कार्तिक १५ । साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि पनि उपविजेतामै सीमित भएको छ । बुधवारको खेलामा नेपालले बंगलादेशसँग २–१ को हार बेहोरेको हो।
Advertisement
यससँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भयो। नेपालले बंगलादेशसँग २०२२ को संस्करणको फाइनलमा पनि ३(१ गोलको पराजय भोगेको थियो। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।
यस्तै नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२औं पटक हो। नेपाल १२औं फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बन्यो।उपविजेतामै सीमिति भएपनि काठमाण्डौ महानगरपालिकाले भने २५ लाख नगद सहित सम्मान गरेको छ । महागनर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका थिए ।