कार्तिक ३ । नवलपुरको कावासोती १ बालुवा डाँडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु २०जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ५ जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा परेर देवचुली नगरपालिका ३ बस्ने ३२ बर्षिय बोलेरो चालक लिल बहादुर सुस्लिङ ,बुलिङटार गा।पा।२ बस्ने बर्ष ३२ की तुलीमाया सारु,बर्ष २४ की सबिना सारु, बर्ष १८ की सृष्टी पाटा मगर,बर्ष २६ की मालती थानि परियार, बर्ष १० को न्युलोक, ढाडबेसी बस्ने बर्ष २२ झमिसरा पुलामी मगर, बर्ष२४ को रबिन्द्र पुलामी मगर,बर्ष ३ को कृष पुलामी मगर, बर्ष ३ को कृषन पुलामी मगर,बर्ष ९ को आषिस राना मगर,बलेरोका साहु बर्ष ४३ को भोज बहादुर पुलामी मगर,कावासोती न।पा।३ बस्ने बर्ष १२ की आयुसा तिवारी, बर्ष २९ की सजिता खत्री,बर्ष ८ को सेरेन खत्री,बुलिङटार गा।पा।३ बस्ने बर्ष ३० की कृति परियार, बर्ष ७ को सचिन परियार,बर्ष ७ की सफिरा परियार,बर्ष १३ की मालिका सुस्लिङ, बर्ष १५ की रोस्नी चिदी रहेका छन् ।
त्यस्तै बुलिङटार गा।पा। ३ बस्ने बर्ष ३३ को कर्ण बहादुर सुस्लिङ मगर घाइते भएको प्रहरीले जनाएको छ ।
हाल नामथर वतन नखुलेको अं ३०र३५ को पुरुष व्यक्ति,टाउकोमा चोट,अवस्था गम्भिर रहेको छ भने हाल नामथर वतन नखुलेको अं ३२र३३ को पुरुष व्यक्तिको मृत्यु भएको र शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाएको प्रहरीको भनाइ छ ।