असोज १२। नारायणगढ मुग्लिन सडक भासिएको छ । नौकिलो भन्ने स्थानमा जमिनबाट २ फिट तल भासिएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाने सडक भासिने गर्दा सडकखण्डनै अवरुद्ध भएको छ । अहिले उक्त स्थानमा साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र-३-०१-०२४ च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।
यस्तै ईच्छाकमना गाउँपालिका ३ को मौवाखोला, दतिखोला, पानीधारामा पनि सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध छ ।
तीन नम्बर पुल नजिकै खसेको पहिरो हटाउन थालिएको छ । पहिरो हटाउन अझै ३÷४ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



