साउन १० । जापानको चर्चित विधा एनिमे डोरेमोनको एक कलाकार नोविता नोबीको आवाज दिने कलाकारको निधन भएको छ ।
जापानी संचारमाध्यम जापान टाइम्सका अनुसार नोरिको ओहाराको जुलाई १२ मा ८८ वर्षको उमेरमा निधन भएको हो ।
Advertisement
नोरिको टोबे वास्तविक नाम रहेकी ओहराको एक रोगको उपचार भइरहेको थियो ।
टोकियो निवासी, ओहराले नोबिताको आवाजका लागि सन् १९७९ देखि काम गर्दै आइरहेकी थिइन् । २६ वर्ष निरन्तर आवाज दिएकी उनले अन्य फिल्म लगायतमा समेत काम गरेकी थिइन् ।
यसबाहेक, ओहाराले जापानी भाषामा डब गरिएका चलचित्रहरूका लागि अमेरिकी अभिनेता शर्ली म्याक्लेन र फ्रान्सेली अभिनेत्री क्याथरिन डेनुभको आवाज दिएकी थिइन् ।
ओहराले एनिमे र अन्य कार्यहरूमा आवाज अभिनयमा उत्कृष्ट प्रदर्शनको वापत सन् २००७ मा पहिलो सेयू पुरस्कार प्रदान गरिएको थियो ।
उनी १९३५ अक्टोबर २ मा टोकियोमा जन्मिएकी थिइन् ।