साउन १० । नेपालमा आज राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ । उडानको २० सेकेण्डै दुर्घटनामा परेको सौर्य एयरलाइन्समा उडेका १८ जनाको मृत्यु भएको थियो ।
सोही दुर्घटनामा भएको मानवीय क्षतिको शोकमा श्रावण १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको हो। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको थियो ।
Advertisement
यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ।
दुर्घटनामा घाइते पाइलटको भने उद्दार गरिएको थियो । उहाँको अहिले उपचार भइरहेको छ ।