×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

  • २. प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

  • ३. रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

चितवनमा ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न


  •   सोमबार, साउन ०७, २०८१
  • चितवन, साउन ७ – ४६ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा ‘क. पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
    आज सोमबार नेकपा एमाले चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
    विचार गोष्ठीमा वक्ताहरुले वर्तमान समयमा पनि पुष्पलालको सान्दर्भिकता उत्तिकै रहेको बताए । कार्यक्रममा सूर्यप्रसाद शर्माले ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
    कार्यपत्रमा उति बेलादेखि नै पुष्पलालले नेपालमा प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेस र नेकपा संयुक्तरुपमा अगाडि बढ्नुपर्छ भन्ने संयुक्त जनआन्दोलनको नीति अगाडि सार्नुभएको कुरा उल्लेख छ । विगतका इतिहासलाई हेर्दा पनि नेपाली काँग्रेस र नेकपा मिल्दा नै महत्वपूर्ण ऐतिहासिक परिवर्तन भएको कुरा कार्यपत्रमा उल्लेख छ । वर्तमानमा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नै संविधान बनेको कुरा पनि कार्यपत्रमा उल्लेख छ । अहिले संविधानको संसोधन एवम् सफल कार्यान्वयन गर्न पुनः नेपाली काँग्रेस र नेकपा एमाले मिल्नुले पनि पुष्पलालको त्यो नीति अझै सान्दर्भिक रहेको कुरा कार्यपत्रमा पुष्टि गरिएको छ । साथै पार्टीका आन्तरिक जीवन एवम् जनता र पार्टीबीचको सम्बन्ध स्थापना गर्नमा पनि पुष्पलालको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको लगायतका थुप्रै कुरा कार्यपत्रमा उल्लेख गरिएको छ ।
    कार्यपत्रमाथि रमाकान्त सापकोटा र हरि सापकोटाले टिप्पणी गरेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु यम बहादुर परियार, प्रभा बराल, कपिल पोख्रेल, पोलिट ब्युरो सदस्य देवि ज्ञवालीले आफ्नो आफ्नो धारणा राखेका थिए ।
    नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रम एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदी लगायतका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    Advertisement


    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर मनाउने गर्दछन् ।
    श्रेष्ठको नेतृत्वमा २००६ बैशाख १० गते भारतको कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरबाट नेकपाको स्थापना भएको थियो ।
    नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफै थिए ।
    वि।सं। १९८१ असार १५ गते जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको भारतको गोविन्द पल्लव अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन नदिएपछि उतै दाहसंस्कार गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.