चितवन, साउन ४ । चितवनमा पुष्पलाल र आजको सान्दर्भिकता विषयक विचार गोष्ठी हुनेभएको छ । ४६ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा साउन ७ गते सो गोष्ठी हुने भएको हो ।
नेकपा एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टका अनुसार नेकपा एमाले जिल्ला कमिटी चितवको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम हुन लागेको हो । साथै सोही दिन माडी नगरपालिका ६ स्थित पुष्प मदन स्मृति बाटिकामा पनि विचार गोष्ठी र बाटिका सरसफाइ कार्यक्रम हुने छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर मनाउने गर्दछन् ।
श्रेष्ठको नेतृत्वमा २००६ बैशाख १० गते भारतको कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरबाट नेकपाको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफै थिए ।
वि।सं। १९८१ असार १५ गते जन्मिएका पुष्पलालको २०३५ कार्तिक १५ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको भारतको गोविन्द पल्लव अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन नदिएपछि उतै दाहसंस्कार गरिएको थियो ।
गोष्ठीमा सहभागी हुन आह्वान गरिएको छ ।