असार १३ । २०८० सालमा संचालन गरिएको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
Advertisement
देशभर ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
जसमा ४७.८६ प्रतिशत पास भएका छन् भने ५२.१४ प्रतिशत विद्यार्थी फेल भएका छन् ।नतिजा अनुसार १८६ जनाको ४ जिपीए आएको छ ।
२२१ जनाको परीक्षा भने रद्द भएको र २ लाख ४२ हजार ९२ जनाको एनजी ननग्रेड उल्लेख छ ।