गैँडाकोट । पर्याप्त पर्याटक आउने चितवन राष्टिォय निकुञ्ज प्रवेशमा रोक लाग्ने भएको छ । निकुञ्जका अनुसार असार १६ गतेदेखि बन्द हुने भएको हो ।
मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने जोखिम हुने भन्दै प्रवेशमा रोक लगाउन लागिएको हो ।
Advertisement
गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएको भएपनि यो पटक सो मितिमा बन्द गरी अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुनेछ । निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्नेसक्ने छन् ।