गैँडाकोट । अमेरिकामा छोरीलाई जन्म दिँदै चर्चित अभिनेत्रि रेखा थापा आमा बनेकी छन् । पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनी केही महिना पहिले अमेरिका गएकी थिइन् ।
Advertisement
राजनीति समेत गर्ने अभिनेत्री थापा सन्तान जन्माउन अमेरिका गएको भन्दै आलोचनामा परेकी थिइन् ।
शुक्रबार अमेरिकामा रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्।
पोस्टमा उनले लेखेकी छन्,“हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ ।”
रेखाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्। रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।