×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

राष्ट्रिय लाइन पुगेपछि मथारका जनता खुसी, गाउँ भयो झलमल


  •   सोमबार, मङि्सर १८, २०८०
  • मनप्रसाद भाट, मथार, नवलपुर ।

    Advertisement

       नवलपुर जिल्लाको बुलिङटार २ मथारमा पहिलो पटक राष्ट्रिय विद्युत् प्रसारणलाइन पुगेको छ । यही कार्तिक २८ बाट राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बालिएका हो । मथारको ४१ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको मिटर जडान भएर बत्ती बलेपछि स्थानीय खुसी भएका छन् ।

    करिब ४ बर्ष अगाडिबाट पोल गाड्ने काम सुरु भएतापनि बल्ल अहिले लेखनाथ विद्युत् प्राधिकरण पोखराबाट प्रसारित लाईन बुलिङटारको अन्य वडा ६,५,४,३ हुँदै वडानम्वर २ मथारसम्म आएको हो । अव यसलाई वडानम्वर २ कौ लादी खोलापारीबाट वडानम्वर १ सम्म पुर्याउन पोल गाड्ने काम भएको छ ।

    नेपाल विद्युत प्राधिकरण कावासोती प्रसारण लाइनबाट विद्युत वितरण गर्न बुलिङटार ४ बोझापोखरीमा सवस्टेशन बनाउने काम भएपनि अन्य कार्य सम्पन्न नहुँदा अहिले पोखराबाट लाइन तानिएको हो ।

    कावासोतीबाट उपलब्ध गराइने विद्युतको काम सम्पन्न भएपछि कावासोतीकै विद्यतु लाइन जडान हुने कावासोती विद्युत वितरण केन्द्रले जानकारी दिएको छ ।

    लामो समयको पर्खाइपछि राष्ट्रिय प्रसारण लाइन आउँदा गाउँले खुसी भएका छन् । स्थानीय उपभोक्ताहरुले ठूलो राहतको अनुभूति गरेको बताउँदै अव विद्युतीय प्रविधिको प्रयोगमा सहजता आउनुकासाथै विकासको एउटा फड्को समेत भएको बताए ।

    उनीहरुले यसको दीर्घकालिन सम्म उपभोगमा सहजताको वातावरणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । सडकसंजालको सहजतासँगै विद्युत् पुगेपछि स्थानीय उत्पादन बजारमा पुर्याउन र त्यसको बहूउपयोगका विधिहरु प्रयोगामा सहजता भएको स्थानीयको भनाई छ । पटक पटक विद्युत आइपुग्छ भनेपनि कुरामै सीमित हुँदा निरास भएका जनता अहिले भने खुसी भएका हुन् । सुरुमा स्थानीय सामानबाट जोहो गरेर वत्तीको सहायता लिएका स्थानीयले सोलार प्यानल प्रयोग गर्दै आइरहेका थिए । बीचमा कुलाको पानीबाट रातीमा मात्रै बत्ती वल्नेगरी विद्युत प्रयोग गरेपनि त्यो अस्थायी सँगै बाढीले समस्या दिइरहने गर्दथ्यो । तर अव राष्ट्रिय लाइन आएपछि ति दुखहरु नहुने स्थानीय बताउँछन् ।

    विद्युत प्राधिकरण कावासोती प्रसारण लाइनको काम चैत २०८० भित्र सम्पन्न हुने र त्यसपछि वाँकी वस्तीहरुमा विद्युत पुर्याइने बताइएको छ । हाल कालिगण्डकी वारपारका वस्तीमा मात्रै यो लाइन पुगेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.