कार्तिक २५ । तनहुँको म्याग्दे गाउँपालिका ३ पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
Advertisement
शुक्रबार साँझ ६ बजे पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको हाइस गाडीले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार म्याग्दे ७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बरालीको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते बरालीको जिल्ला अस्पताल दमौली तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलका चालक सोही स्थानका १९ वर्षीय विशाल बराली घाइते रहेका र उनको उपचार भइरहेकोछ । मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।