मनप्रसाद भाट । पछिल्लो समय तापक्रम बढेर असहज अवस्था आउन थालेपछि नवलपुरको बुलिङटार गाउँपालिका भित्रका विद्यालयहरु वन्द भएका छन् । गाउँपालिकाका शिक्षा समितिको बैठक बसेर गर्मी निकै बढेर विद्यालय आउनजान तथा पठनपाठनमा निकै असहजता भएकाले बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले आज एक सूचना जारी गर्दै भोलि देखि २६ गतेसम्म ३ दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
अहिले गरिएको बिदालाई वर्षे विदाबाट समायोजन गर्न पनि अनुरोध गरिएको छ । सामुदायिक तथा संस्थागत सवै विद्यालय वन्द हुने भएका हुन् । गर्मी बढेसँगै आफ्नो स्वास्थ्यको ख्याल राख्न प्रशासनहरुले पनि सूचना जारी गर्न सुरु गरेका छन् ।
Advertisement
गाउँपालिकाभित्र हाल निजी १ र ४१ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।