चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले वर्तमान परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको र सरकारमा जाने तयारी
नभएको तर परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनुभयो ।
आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गर्नुभयो । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उहाँको भनाइ थियो । आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
Advertisement



