चितवन । गोरखामा भएको मिनी ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घाइते मध्य एक जनाको ज्यान जाँदा संख्या दुई पुगेको प्रहरीले जनाएको छ ।
दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।
सोमबार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ बिसौनीमोडको सडकदेखि करिव २० मिटर तल खसेको थियो । अनियन्त्रित रुपमा आएको उक्त ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकल र केही पैदल यात्रीलाई समेत लातार्दै लगेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी ट्रक चालक तथा सवारी धनि समेत रहेका आरुघाटका उमेश श्रेष्ठको मृत्यु भएको थियो ।



