×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सिरूबारी रजत महोत्सवमा दुई पत्रकार सम्मानित


  •   शुक्रबार, फागुन ०५, २०७९
  • स्याङ्जा । सिरूबारी रजत महोत्सव २०७९ को अवसरमा सिरूबारीमा आयोजित समुद्घाटन समारोहमा गाउँ पर्यटन तथा सिरूबारी सामुदायिक होमस्टेका बारेमा विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार गरी पर्यटन विकास र प्रवर्धनमा योगदान दिएको भन्दै पत्रकार अमृत भादगाउँले र युवराज पौडेललाई सम्मान गरिएको हो ।
    रू १० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको कार्यक्रम संयोजक उर्मिला गुरूङले बताउनुभयो ।

    Advertisement

    नेपालको पहिलो सामुदायिक होमस्टे सिरूबारी सामुदायिक होमस्टेले २५ वर्ष पुगेको अवसरमा फागुन ५ र ६ गते रजत महोत्सव मनाउने क्रममा आज शुक्रबार एक भव्य कार्यक्रमका बिचमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सिरूबारीमा समुद्घाटन गर्नुभएको हो ।

    दुई दिनसम्म चल्ने सो महोत्सवमा मन्त्री किराँती बिहिबार बेलुकी नै सिरूबारी आउनुभएको थिय‍ो । मन्त्रीसँगै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, स्याङ्जा जिल्लाका प्रमुख अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयकुमारी राउत, अनुसन्धानका प्रमुख मनोज ढकाल, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, सामाजिक अभियन्ता जयराम पौडेल, वाइसिएलका केन्द्रीय सचिव हरि ढकाल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले रजत जयन्ती समारोहको समुद्घाटन गर्दै होमस्टेका नायक स्व क्या.रूद्रमान गुरूङ गाउँ पर्यटनको नायक भएको बताउनुभयो । गाउँ पर्यटनलाई र सिरूबारीलाई होमस्टे अध्ययन केन्द्रका रूपमा विकास गर्ने सन्दर्भमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

    कार्यक्रममा सङ्घीय सांसद तथा नेपाली काङग्रेसका सभापति राजु थापाले क्या. रूद्रमान गुरूङले ग्रामीण पर्यटनका क्षेत्रमा नमेटिने इतिहास कोर्नुभएको बताउनुभयो । उहाँले सिरूबारीको विकासमा रूद्रमान गुरूङले महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।

    कार्यक्रममा ईन्द्रेणी परिवारका कृष्ण कडेल, मनमाया वाइवा, छत्र शाही, राजन गुरूङ, वसन्त थापा लयायतका कलाकारहरूबाट प्रस्तुति गरिएको थियो । इन्द्रेणी टिमले करिब १५ जना अशक्त तथा बिरामीहरूलाई नगद रकम सहयोग गरेको थियो ।

    उक्त कार्यक्रममा रजत महोत्सवको अवसरमा ‘सिरूबारी दर्पण’२०७९ नामक कृति लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारी र होमस्टेका महानायक स्व.क्या.रूद्रमान गुरूङको योगदान र होमस्टे स्थापनाका विविध पक्षमा लेखिएको छ ।

    कार्यक्रमको अध्यक्षता सिरूबारी सामुदायिक होमस्टेका अध्यक्ष मोहन गुरूङ (जितेन्द्र) ले गर्नुभएको थियो । कार्यक्रममा स्वागत गायक राजु गुरूङले गर्नुभएको थियो भने सञ्चालन रजत महोत्सव कार्यक्रम संयोजक उर्मिला गुरूङले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.